Media Network

महिला युरोकप इंग्ल्याण्डको पोल्टामा


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

लण्डन । यस वर्षको महिला युरोकपको उपाधि इंग्ल्याण्डले हात पारेको छ ।वेम्ब्लेमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ ले पराजित गर्दै इंग्ल्याण्डले इतिहास रचेको हो ।

इंग्ल्याण्डको महिला टोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो । सब्सिटिट्युट क्लोइ केलीले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जीत दिलाइन् ।यसअघि, एला टुनले खेलको ६२औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् । तर, ७९औँ मिनेटमा जर्मनीकी लिना मागुलले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद