Media Network

मल्लिका र अनुज फिचर्ड ‘नौडाँडा पारी २’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२१ फाल्गुन २०७९,आईतवार

काठमाडौं।अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनयमा रहेको नयाँ म्युजिक भिडिया‘नौडाँडा पारी २’ सार्वजनिक भएको छ । भिडियोमा मोडल महत र गुरुङ प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन् ।   टाढा रहेका २ प्रेमीहरुको  सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा मोडल महत र गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । 

लोक शैलीको गीतमा मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वर रहेको छ । लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।  गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन् ।

चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् ।  भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।  ५ वर्ष  अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा ‘नौडाँडा पारी २’ सार्वजनिक भएको थियो ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद