Media Network

मुम्बईको तेस्रो जित


खबरस्टोरी संवाददाता

६ बैशाख २०८०,बुधबार

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । मुम्बईले मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध १४ रनको जित दर्ता गर्यो ।

राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९।५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।

हैदरबादका मयंक अग्रवालले ४८ रन बनाए । हेनरिक क्लासेनले ३६, कप्तान आइदेन मार्करमले २२, मार्को जान्सेनले १३ र वासिंटन सुन्दरले १० रन जोडे ।

मुम्बईका पियुस चावला, रिले मेरेडिथ र जासोन बेहरनडोर्फले समान दुई विकेट लिए । यस्तै, अर्जुन तेन्दुल्कर र क्यामरुन ग्रिनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९२ रनको योगफल खडा गरेको थियो ।

मुम्बईका क्यामरुन ग्रिनले ६४ रन बनाए । ग्रिनले ४० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । इशान किशनले ३८, तिलक वमाएले ३७, कप्तान रोहित शर्माले २८ र टिम डेविडले १६ रन बनाए ।

हैदराबाटका मार्को जान्सेनले दुई विकेट लिए । भुवनेश्वर कुमार र टी नटराजनले एक–एक विकेट लिए ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको मुम्बई तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको हैदराबाद तालिकाको नवौं स्थानमा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद