Media Network

मोन्जाविरुद्ध इन्टर मिलानको शानदार जित


खबरस्टोरी संवाददाता

२९ पुष २०८०,आईतवार

काठमाडौँ । इटालियन सिरीए फुटबलमा शीर्ष स्थानमा रहेको इन्टर मिलानले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले मोन्जाविरुद्ध ५–१ को एकतर्फी गोल गरेको हो । इन्टरलाई जिताउनका लागि हाकान  लाउतारो मार्टिनेजले २–२ गोल गर्दा मार्कस थुरामले १ गोल थपेका थिए ।
मोन्जाका लागि मोटियो प्रेसिनाले १ गोल फर्काए । १२ औँ मिनेटमा हाकानले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई अग्रता दिलाए । १४ औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि पहिलो हाफमा इन्टर मिलानले खेल २–० ले आफ्नो पकडमा राखेको थियो । ६० औँ मिनेटमा हाकानले व्यक्तिगत दोस्रो गोल गर्दा ३–०ले अघि बढ्यो ।
६९ औँ मिनेटमा पेनाल्टीमार्फत मोन्जाका प्रेसिनाले गोल फर्काउँदै अन्तर ३–१ मा झारे । ८४ औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए भने ८८ औँ मिनेटमा थुरामले गोल गरेपछि इन्टर मिलान ५–१ को फराकिलो जित निकाल्न सफल भयो ।
इन्टर मिलान २० खेलबाट ५१ अङ्कका साथ शीर्ष स्थानमा रहँदा मोन्जा २५ अङ्कका साथ ११ औँ स्थानमा छ । सिरी एमा भेरोनाले इम्पोलीलाई २–१ गोल अन्तरले पराजित गर्दा नापोलीले सालेरेन्टिनालाई २–१ कै नतिजाले स्तब्ध बनाएको छ । त्यसैगरी जियोना र टोरिनोले भने गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद