Media Network

मेनुकाले पाईन एआई जडित चस्मा, अब मान्छे चिन्न र हिँड्न सक्ने


खबरस्टोरी संवाददाता

१५ माघ २०८०,सोमबार

काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरिएको छ ।

इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । मेनुकाले उक्त चस्मा लगाएर  रियालिटी शोको मञ्चमै  डेमो प्रदर्शन समेत गरेकी थिइन् ।लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए ।

उक्त चस्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद