Media Network

मेनुकाले पाईन प्रभासको फिल्ममा गीत गाउने मौका


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । भारतीय चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउड सिनेमा ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने मौका पाएको जानकारी दिइएको हो ।

‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक सिङगिङ हो ।यो जानकारी गराएपछि मेनुकालाई इन्डियन आइडलको स्टेजमा निर्णायकले उठेर सम्मान गरेका थिए । मेनुकालाई सोही स्टेजमा चलचित्रमा अभिनयका लागि पनि प्रस्ताव आइसकेको छ ।

उनको आवाजका कारणचर्चामा आएकी मेनुकालाई यसअघी अभिनेता रणवीर कपुरले इन्डियन आइडलको स्टेजमा संगीतकी देवी भन्दै पाउ छोएर आर्शीवाद लिएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद