Media Network

मेसी अझै थप एक वर्ष पिएसजीमा रहने


खबरस्टोरी संवाददाता

७ पुष २०७९,बिहीबार

काठमाडौं । विश्वकप च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नविकरण गर्ने भएका छन् ।

मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो । मेसीले आफ्नो खेल जिवनमा पहिलो पटक विश्वकपको ट्रफी उचालेका थिए ।

३५ वर्षीय मेसी विश्वकपसँगै करियरमै उच्च लयमा छन् । मेसी सन् २०१५ पछि च्याम्पियनन्स लिग उपाधि जित्ने योजनामा छन् । बार्सिलोनाका उपाधिको चाङ लगाएका मेसी पिएसजीमा समेत सोहि अवस्था सिर्जना गर्न चाहन्छन् ।

अहिले भने मेसी अर्जेन्टिनाको विजयी र्यालीमा समावेश छन् । उनि अझै केहि साता अर्जेन्टिनामै रहन सक्छन् । मेसी फर्किएसँगै सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद