Media Network

म्याक्सवेलको दोहोरो शतकले अष्ट्रेलियाको अविश्वसनीय जित


खबरस्टोरी संवाददाता

२२ कार्तिक २०८०,बुधबार

काठमाडौं । क्रिकेटको इतिहासकै एउटा अविश्वसनीय म्याचमा अष्ट्रेलियाले अफगानिस्तानमाथि अविश्वसनीय जित हासिल गरेको छ ।ग्लेन म्याक्सवेलले असाधारण ब्याटिङले विश्वकप क्रिकेटको इतिहासककै रोचक बनाइदिएको छ।  । अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएको अवस्थाबाट २९२को लक्ष्य भेटेको हो । म्यासवेलले घाइते अवस्थामा दोहोरो शतक हान्दै अफगानिस्तानलाई स्तब्ध तुल्याए ।
अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २९१ रनको बलियो स्कोर खडा गरेको थियो । अफगानिस्तानका ईब्राहिन जद्रानले शतकीय पारी खेले । तर म्याक्सवेलको इनिङले उनको शतक ओझेलमा परेको छ ।
जवाफी ब्याटिङमा अष्ट्रेलिया धराशयी बनेको थियो । तर म्याक्सवेललाई आउट गर्न नसक्दा अफगानिस्तानले नमिठो हार व्यहोर्नुपर्याे ।
आठौ विकेटका लागि म्याक्सवेलले कप्तान प्याट कुमिन्ससँग अविजित दोहोरो साझेदारी गरे । उनीहरूको साझेदारीमा म्याक्सवेलले १७९ रन र कुमिन्सको योगदान १२ रन (६८ बल)को थियो ।
म्याक्सवेलले शतक हानेपछि घाइते भएका थिए । रनका लागि दौडिने अवस्थामा नै थिएनन् । तर उनले हार मानेनन् । एउटै खुट्टाको भरमा चौका र छक्काको वर्षा गरिरहे । म्याक्सवेलले १२८ बलको सामना गर्दा कुल १० छक्का र २१ चौका प्रहार गरेका छन् । पछिल्ला ओेभरमा उनले अधिकांस रन बाउन्ड्रीबाट लिएका थिए ।
म्याक्सवेललाई अफगानिस्तानले दुईपटक क्याच ड्रप गरेको थियो । ३३ रनको अवस्थामा उनको सहज क्याच मुजिबुर रहमानले छोडेका थिए । त्यही नै खेलको टर्निङ प्वाइन्ट सावित भयो ।
आजको जितसँगै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ भने अफगानिस्तानको सम्भावना कमजोर भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद