Media Network

म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो


खबरस्टोरी संवाददाता

२२ पुष २०७९,शुक्रबार

काठमाडौँ।इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले चेल्सीलाई हराउँदै शीर्ष स्थानमा अग्रता छोट्याएको छ।

गएराति सिटीले चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा १–० गोल अन्तरमा हराएको हो। सिटीको जितमा रियाद महारेजले निर्णायक गोल गरे।

पहिलो हाफ ऊवलरहित बराबरीमा सहिएको खेलको ६३ औं मिनेटमा महारेजले गोल गरेका थिए।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर खेर फालेका थिए।

यो सिजन खराब लयमा रहेको चेल्सीको यो छैठौं हार हो। १७ खेल खेलेको चेल्सीले ७ जित, ४ बराबरी र ६ हारसहित २५ अंक जोडेर तालिकाको १० औं स्थानमा छ। सिटीसँगको हारसँगै चेल्सीको शीर्ष चारमा सम्भावना थप कमजोर बनेको छ।

यो जितसँगै दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ। 

सिटीको १७ खेलबाट १२ जित, ३ बराबरी र २ हारसहित ३९ अंक जोड्दा शीर्षस्थानको आर्सनलको समान खेलबाटै १४ जित, २ बराबरी र १ हारसहित ४४ अंक छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद