Media Network

नेपाल र भियतनाम भिड्दै


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७९,बुधबार

काठमाडौं। पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग खेल्नेछ। नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।

फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले दोस्रो चरणमा पुग्नका लागि राम्रो प्रदर्शन गर्ने बताएका छन्।

भियतनामले २०२३ को महिला विश्वकप खेल्दैछ। फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ। नेपाल १०० औं स्थानमा रहेको छ।  प्रशिक्षक थापाले भियतनाम बलियो टोली भएपनि आफुहरु जित निकाल्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा रहेको बताए।

पछिलो चरणको छनोटको समूह सीमा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन्। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र  भियतनाम मात्र रहेको हो। नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। 

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्। भियतनामका मुख्य प्रशिक्षक माई डक चुङले नेपालको टोली राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद