Media Network

नेपाल र केन्याबीचको एक दिवसीय क्रिकेट श्रृंखला आजबाट सुरू हुँदै


खबरस्टोरी संवाददाता

१७ भाद्र २०७९,शुक्रबार

काठमाडौं । नेपाल र केन्याबीचको एक दिवसिय क्रिकेट श्रृंखला शुक्रबारबाट सुरू हुँदैछ । केन्याको राजधानी नैरोबीमा नेपाली समय अनुसार शुक्रबार दिउँसो पौने १ बजे खेल सुरू हुनेछ ।

केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी श्रृंखला ३–२ ले जितेको नेपाल ओडीआई श्रृंखलामा पनि घरेलु टोलीलाई निराश पार्न चाहन्छ ।

केन्या पनि आफ्नै भूमिमा टी–ट्वान्टी श्रृंखलामा नेपालसँग भोगेको हारको एक दिवसीय श्रृंखलामार्फत बदला लिने दाउमा रहेको छ ।

नेपालले केन्यासँग तीन खेलको एक दिवसिय श्रृंखला खेल्न लागेको हो । श्रृंखलाको दोस्रो खेल शनिबार तथा तेस्रो खेल आगामी सोमबार हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद