Media Network

नेपाल र केन्याबीचको पहिलो टी–२० खेल आज हुदै


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । नेपालले आज केन्यासँग ५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल खेल्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोलीको सामना गर्ने लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।टिमको लक्ष्य सबै खेल जित्ने रहेको नेपालका कप्तान सन्दीप लामिछानेले बताए । केन्या नेपालका लागि सहज प्रतिद्वन्दी समेत हो । यस अघिको दुई भेटमा नेपालले केन्यालाई हराएको छ ।

तर, केन्या पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा छ । केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने योजनामा रहेको बताए । यो खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो ।नेपाल र केन्याबीच पहिलो पटक टी(२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद