Media Network

नेपाली सेनाको योगदान झल्कने गीति म्युजिक भिडियो सार्वजनिक


खबरस्टोरी संवाददाता

३ आश्विन २०८०,बुधबार

काठमाडौं । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति म्युजिक भिडियो  सार्वजनिक भएको छ । सेनाका उपरथी बाबुराम श्रेष्ठ सेना र नेपालको एकीकरणको इतिहासको गाथालाई सुन्दर शब्दले चित्रित गरेका छन् ।  ‘राष्ट्रिय एकताको प्रतिक वीर नेपाली सेना’  गीति भिडिओ  त्रिमूर्ति इन्टरटेनमेन्ट नाम युटुब च्यानल मार्फत बजारमा आएको हो । सैनिक तालिम देखि सैनिक जिवनशैलिलाई लिएर गीति म्युजिक भिडियोहरु विरलै निर्माण भएका हुन्छन्, यसैबीचमा उपरथी बाबुराम श्रेष्ठको गीतले भने भर्खरै मात्रै सार्वजनिक भएको छ।भिडियोको दृश्यमा विपद व्यवस्थापनमा अहोरात्र सेवामा नेपाली सेना तत्पर र तयार  रहने देखाएको छ। भिडियोमा नेपाली  सेनाको गौरबपुर्ण इतिहास र सैनिक कार्यलाई लिएर सेनाप्रतिको सम्मान अझ उच्च रहेको टिप्पणीहरु आइरहेको छ।

प्रधानसेनापति शर्माले गरे विमोचन

सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित एक अनोपचारिक समारोहमा  गितको म्युजिकि भिडिओ प्रधानसेनापति प्रभुराम शर्माले लोकार्पण गरेका छन्। जङ्गी अड्डामा औपचारिक कार्यक्रमबीच म्यूजिक भिडियोसहितको गीत प्रधानसेनापति शर्माले सार्वजनिक गरेका हुन् ।म्युजिक भिडिायो निर्माता सायजुले राष्ट्रिय एकताका प्रतीक सेनाको बलिदानी र कर्तव्यपरायणतालगायत विषयवस्तुलाई गित र छायाचित्रमा समावेश गरिएको जानकारी दिए । कृतिमा स्वर र सङ्गीत दिने कलाकारलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गरेका थिए । 

गीतमा सेनाको योगदानबारे चर्चा

विशेष पौडेलद्वारा निर्देशित गीतको भिडियोमा युवा नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामले सङ्गीत संयोजन गरेको छन्  ।  गितमा सुभाष तिमिल्सिना,गिता पाण्डेलगायत गायकका स्वर रहेको गितको शोभन सायजुले छायाचित्र गरेका छन् भने सङ्गीतकार राजेन्द्र बजगाइँले लय दिएका छन्  ।

गीतमा नेपाली सेनाको परिचय, सेनाले गरेका कार्य र योगदानको विषयमा चर्चा गरिएको छ ।गौरवशाली इतिहास बोकेको नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे  वर्णित र राष्ट्रिय भावनाले ओतप्रोत सो गितमा सेनाको पहिचान, एकता र वीरता गाथालाई समेटिएको छ ।

स्रष्टा श्रेष्ठले एक वर्षअघि लेखेको गितलाई नै अहिले म्युजिक भिडियोमा उतारिएको हो ।नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ८० वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को छायाचित्रमा प्रस्तुत गरिएको उपरथी श्रेष्ठले बताएका छन् । 

सो अवसरमा उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण, विपत्का समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा धेरै योगदान दिँदै आएको जनाउँदै जनतामा सेनाको त्यो योगदान पुग्न नसकेको महसुस गरी आफूले गित सिर्जना गरेको जानकारी दिए  ।

श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाईमा एकरुपता नपाएका कारण सन्देश दिनका लागि गित लेखेको बताए। उनले गितमार्फत एकरुपता देखाउन खोजिएको बताए।

“सेना भनेको दौडने र कवाज खेल्नेमात्र होइन, राज्यको अखण्डता जोगाउने मूल खम्बा हो।” उनले भने ‘नेपाली सेनाका कर्तव्यपरायण, कर्मठ सैनिकहरु तथा हाम्रा वीर पूर्खाहरुको योगदान र बलिदानको बारेमा सबै नेपाली नागरिकहरुको बुझाइमा एकरुपता पाइँदैन। म एक सैनिक भएको नाताले मलाई यो विषयले झक्झकाइरह्यो’, श्रेष्ठले भने,‘तर म व्यावसायीक लेखकचाहिँ होइन, सेनाले निभाउदै आएका संविधान प्रदत्त बहुपक्षीय जिम्मेवारीहरु र योगदानलाई शब्दमा लिपिबद्ध गरी अभिव्यक्त गर्ने प्रेरणा मिल्यो।’

उपप्राध्यापक हेम भण्डारीले सो गितमा लुकेको सैनिकको योगदान र राष्ट्रिय भावनासम्बन्धी विभिन्न पाटो र पक्षको समालोचना गर्दै सेनाले शान्ति सेनामा रही बुद्धको सन्देश विश्वभर फैलाएको तथा  मुलुकको स्वाधीनताको रक्षाका साथै विकासनिर्माण, पर्यावरण संरक्षण, हिमाल सफाइ र खेलकुदका माध्यमबाट मान र सम्मान बढाउने काम गरेको उदाहरण दिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद