Media Network

नेपाल सुपर लिग: आज लिग चरणका अन्तिम दुई खेल हुँदै


खबरस्टोरी संवाददाता

७ पुष २०८०,शनिबार

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरू हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ । दुवै टोली प्रतियोगितामा जित निकाल्दै प्लेअफ प्रवेश गर्ने लक्ष्यमा हुनेछन् ।आजै अपराह्न ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी भिडन्त हुँदैछ । काठमाडौं रेजर्स ९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । ऊ ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद