Media Network

नेपाल सुपर लिग: उपाधिका लागि आज धनगढी र ललितपुर भिड्दै


खबरस्टोरी संवाददाता

१४ पुष २०८०,शनिबार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजे सुरू हुने खेलमा धनगढी र ललितपुरबीच प्रतिस्पर्धा हुने भएको हो । पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी फाइनलमा पुगेको हो । पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा हुने पक्का गरेको हो ।

 प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले २० लाख रुपैयाँ नगद हात पार्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद