Media Network

नेपाल टी–२० : फार वेस्टलाई काठमाडौंले दियो ९९ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

११ पुष २०७९,सोमबार

काठमाडौं।काठमाडौं नाइट्सले फार वेस्टर्न युनाइटेडलाई जारी नेपाल टी–२० लिग अन्तर्गत जारी खेलमा ९९ रनको सामान्य लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनको योगफल तयार ग¥यो ।

काठमाडौंका एलेक्स ब्लेकले अविजित ४५ रनको इनिङ खेले । उनले ३७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनर सन्तोष कार्की १२ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल १३ रन जोडेर पभेलियन फर्किएका थिए । त्यो बाहेक काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फारवेस्टका अमेरिकन बलर उमार अलीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा १५ रन खर्चिए । हस्मतुल्लाह शाहिदी र रासिद खानले दुई÷दुई विकेट लिँदा शेर मल्लले एक विकेट लिए ।

काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो । फार वेस्ट पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग ६७ रनले हारेको थियो ।

आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स खेल्दैछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद