Media Network

नेपाल टी-२० लिगमा काठमाडौंद्वारा दोस्रो पटक जनकपुर पराजित


खबरस्टोरी संवाददाता

१७ पुष २०७९,आईतवार

काठमाडौं । काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ ।

लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्‍यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए ।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९।१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए ।

काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए । अजमतुल्लाह ओमाजारईले २ विकेट लिए । कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १–१ विकेट लिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद