Media Network

नेपाल टी-२० : मिलान्थाको अक्रामक ब्याटिङमा लुम्बिनीले विराटनगरलाई दियो १५८ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

काठमाडौं । ओपनर लाहिरु मिलान्थाको अर्धसतकीय इनिङमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

नेपाल टी–२० लिग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आईतबार जारी पहिलो खेलमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको छ ।

लुम्बिनीका ओपनर मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेले । उनले ६३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

कुशल भुर्तेलले १७ बलमा २ चौका र १ छक्कासहित २६ रनको योगदान गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा १६ रन जोडेर पभेलियन फर्किएका थिए ।

बिपुल शर्मा ११ रन बाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरको बलिङमा कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए ।

लुम्बिनी अलस्टार्सले पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई ६७ रनले हराएको थियो ।

आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सर जनकपुर रोयल्स खेल्दैछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद