Media Network

नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै


खबरस्टोरी संवाददाता

१३ पुष २०७९,बुधबार

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो खेलमा लुम्बिनी अल स्टार र दोस्रो खेलमा फार वेस्ट युनाइटेड भिड्दैछन् ।

लुम्बिनी लगातार चौथो जित निकाल्न चाहन्छ भने युनाइटेड दोस्रो जितको खोजीमा रहेको छ । लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । युनाइटेड २ खेलमा २ अंकका साथ चौथो स्थानमा रहेको छ ।यस्तै, आजै हुने दोस्रो खेल विराटनगर सुपर किग्सं र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । विराटनगर पहिलो जितको खोजीमा रहेको छ । विराटनगर २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

पोखरा पनि पहिलो जितको खोजीमा रहेको छ । पोखरा २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ । पहिलो खेल बिहान ९ बजेबाट सुरु हुँदैछ भने दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद