Media Network

नेपालको शानदार बलिङ, कतारले गुमायो नवौं विकेट


खबरस्टोरी संवाददाता

१४ बैशाख २०८०,बिहीबार

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेल अन्तर्गत नेपाल र कतारबीचको खेल  जारी छ ।

नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको कतारले नवौं विकेट गुमाएको छ । नेपाली बलर सन्दीप लामिछानेले नेपाललाई नवौं सफलता दिलाएका हुन् । उनको यस खेलमा यो चौथो विकेट हो ।

अहिलेसम्म सन्दीपले ४ विकेट लिएका छन् भने सोमपाल कामीले ३ र ललित राजबंशीले २ विकेट लिएका छन् ।यो समाचार तयार गरुन्जेल कतारले २३.४ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको छ । 

जारी एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा पुगिसकेको छ भने कतार प्रतियोगिताबाट बाहिरिइसकेको छ । आजको खेलपछि समुहको विजेता र उपविजेताको टुंगो लाग्ने छ । समुह ए मा ओमान ४ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद