Media Network

नेपालले फिल्म ‘हल्कारा’लाई ओस्कार अवार्डमा पठाउने


खबरस्टोरी संवाददाता

१ आश्विन २०८०,सोमबार

काठमाडौं । नेपाली फिल्म ‘हल्कारा’ले आगामी ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्ने भएको छ । नेपालस्थित ओस्कारको छनोट कमिटीले विक्रम सापकोटा निर्देशित फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो ।

उक्त विधाका लागि हल्कारासहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ ।

आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्ममा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका छ । एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरेका छन् । ९६ औं ओस्कार अवार्ड आगामी मार्च १० मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ 

Share:
Reaction :
ताजा समाचार
खेलकुद