Media Network

नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट


खबरस्टोरी संवाददाता

८ बैशाख २०८०,शुक्रबार

काठमाडौँ।एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालले चौथो विकेट गुमाएको छ। ३३ रन बनाएर भीम सार्की पेबेलियन फर्किएका छन्।

५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका हुन्।

यसअघि पनि नेपालले कप्तान रोहित कुमार पौडेललाई २३ रनमा गुमाएको थियो। खराब सुरूवातले यी दुबै ब्याट्समेनले सम्हालिरहेको अवस्थामा यी दुबै आउट भएपछि नेपाललाई थप दबाब बढेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।

भूर्तेलले ८ बल र शेखले १० बल खेलेपनि दुबैले कुनै रन जोड्न सकेनन्।

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा मेलेसियाविरूद्ध शानदार जित निकालेको नेपालले दोस्रो खेलमा पनि अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन।

अहिले क्रिजमा भीम आरिफ शेख र कुशल मल्ल छन्। शेख १७ रन र मल्ल १० रन बनाएर खेलिरहेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद