Media Network

नेपाललाई तेस्रो सफलता , गुल्सनले लिए विकेट


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०८०,बिहीबार

काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।गुल्सन झाले तेस्रो विकेटका रुपमा प्रतिक अथवालेलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गरेका हुन् ।

झाले यो ओभरमा १२ रन दिएर विकेट लिए ।

नेपालका लागि सोमपाल कामी र करनले केसीले १–१ विकेट लिएका छन् ।

नेपालले २ वटा क्याच मिस गरेको छ । कप्तान रोहित पौडेल र प्रतिश जिसीले ओमानका खेलाडीलाई जीवनदान दिएका हुन् ।

घि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद