Media Network

नेपाललाई ठूलो झट्का , ४ विकेट गुमायो


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले सुरुआत मै खराव प्रर्दशन गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एकपछि अर्को गर्दै महत्वपूर्ण चार विकेट गुमाएको छ । १० ओभरमा नेपाल ६०÷४ को अवस्थामा छ ।

आशिफ शेख र सन्दीप जोरालाई सस्तैमा गुमाएको नेपालले महत्वपूर्ण मानिएका कुशल भुर्तेललाई तेस्रो विकेटको रुपमा ७ ओभरको पहिलो बलमा गुमायो । उनी २२ बलमा ३१ रन बनाउँदै ओमानका आकिब इलियासको बलमा क्याच आउट हुन पुगे ।

आशिफ दोस्रो ओभरको चौथो बलमा बिलाल खानको बलमा ६ रन बनाएर पहिलो विकेटका रुपमा आउट भउका थिए भने त्यसपछि सन्दीप जोरा ६ ओभरको पहिलो बलमा १० रनमा ओमानका कप्तान जिसन मक्सुदको बलमा बोल्ड भएका थिए ।

चौथो नम्बरमा नेपालले कुशल मल्ललाई पनि तीन रनमै गुमाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद