Media Network

नेपालमा छायांकन भएको ‘उचाइँ’को पोस्टरमा अमिताभ, अनुपम र बोमन


खबरस्टोरी संवाददाता

३ आश्विन २०७९,सोमबार

काठमाडौ । नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’को एक पोस्टर सार्वजनिक भएको छ । आगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेलाई प्रदर्शन हुने चलचित्रको सार्वजनिक पोस्टरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई देख्न सकिन्छ ।

हिउँले सेताम्मे सगरमाथाको दृश्यलाई पृष्ठभूमिमा राखेर सार्वजनिक गरिएको पोस्टरमा नेपालको हिमाली क्षेत्रको पदयात्रामा निस्किएका यी तीन पात्रले थकान मार्दै गरेको चित्रण गरिएको छ ।

सूरज बडजात्या निर्देशित मल्टीस्टारर ‘उचाइँ’को २०७८ सालको कात्तिकमा करीब २५ दिन नेपालको खोटाङको नाम्चेदेखि लुक्ला,बेसीसहर,काठमाडौं र विभिन्न क्षेत्रमा छायांकन भएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । चलचित्रले मित्रताको कथा भन्ने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद