Media Network

नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारण हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने


खबरस्टोरी संवाददाता

३० कार्तिक २०७९,बुधबार

काठमाडौं। नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारण हेर्न पाइने भएको छ। तर, नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारण हेर्न ५ सय रुपैयाँ तिर्नुपर्नेछ।

बुधबार सर्वोच्च अदालतले विश्व कप फुटबलको लाइभ प्रसारण गर्न मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। 

ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले निरन्तरता नदिएपछि विवाद सकिएको छ।

अदालतको यो निर्णयसँगै विश्व कप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुलेको छ। मिडिया हबले नेपाली ग्राहकले थप पाँच सय रुपैयाँ तिरेर फुटबलको लाइभ हेर्न पाउने निर्णय गरिसकेको छ।

विश्व कपलाई नै लक्षित गरेर मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार नयाँ च्यानल हिमालय प्रिमियम एचडीलाई दिइसकेको छ।बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकप प्रशारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद