Media Network

निर्णायक खेलमा नेपालको उत्कृष्ट बलिङ, युएईले दियो १७७ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं। तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युएईले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनायो। 

युएईका आयन खानले ५४, अलिशान शराफुले ३३, रोहन मुस्तफाले २४, हजरत बिलालले २० र ओपनर मोहम्मद वासिमले ११ रन बनाए। एक समय ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको युएईका लागि आयन खान र हजरत बिलालले त्कृष्ट साझेदारी गर्दै स्कोर १७६ पुर्याए। 

युएईलाई सस्तैमा समेट्न नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२, सोमपाल कामी र ललितनारायण राजवंशीले १–१ विकेट लिए। नेपाल र युएईबीचको आजको खेल निर्णायक रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच  १–१ को बराबरीमा रहेको छ।

सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद