Media Network

नवौं राष्ट्रिय खेलकुदमा विभागीय टिमकै बर्चश्व, दशौं कर्णालीमा हुने


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार

पोखरा । गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिमले बर्चश्व कायम राखेका छन् । 

खेलको उत्तराद्र्धमा आइपुग्दा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लव अग्रपंक्तिमा छन् । आर्मीले अहिलेसम्म १ सय ११ स्वर्ण, ७६ रजत र ५३ कास्यसहित २ सय ४० पदसहित शीर्ष स्थानमा बनाएको छ । 

एपीएफ क्लव ३६ स्वर्ण, ४२ रजत र ६६ कास्यसहित १ सय ४४ पदका साथ दोस्रो स्थानमा रहेको छ भने ४५ स्वर्ण, ३९ रजत र ४९ कास्यसहित १ सय ३३ पदसहित तेस्रो स्थानमा रहेका छन् । 

यसैगरी बाग्मती प्रदेश १८ स्वर्ण, ३३ रजत र ४२ कास्यसहित ९३ पदका साथ चौथो स्थानमा रहेको छ भने ५ स्वर्ण, २० रजत र ३४ कास्यसहित प्रदेश १ पाचौं स्थानमा छ  ।

यस्तै, लुम्बिनी प्रदेश ३ स्वर्ण, १५ रजत र २६ कास्यसहित ४४ पद जित्दै छैंठौं स्थानमा रहँदा ८ स्वर्ण, ४ रजत र २४ कास्यसहित ३६ पदका साथ सुदूरपश्चिम सातौं स्थानमा रहेको छ । 

नवौं राष्ट्रिय खेलकुदमा मधेस प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्यसहित ३२ पदक जितेको छ भने एनआरएनएले १० स्वर्ण, ७ रजत र ६ कास्यसहित २३ पदक जितेको छ । 

यसैगरी कर्णाली प्रदेश मात्र १ स्वर्ण, २ रजत र ९ कास्यसहित १२ पदक जितेर पुछारमा रहेको छ । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा

कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनामा आयोजना हुने भएको छ । पोखरामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले आगामी संस्करणको प्रतियोगितामा २०८१ सालको मंसिरमा गर्ने निर्णय गरेको हो ।

पोखरा रंगशालामा बिहीबार नवौंको समापन समारोहमा राष्ट्रिय झण्डा कर्णालीलाई हस्तान्तरण गरिनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद