Media Network

नायकबिनाको फिल्मका बुलन्द पात्र दर्शील


खबरस्टोरी संवाददाता

४ भाद्र २०७९,शनिबार

काठमाडौ । प्राय हामीहरुले हेर्ने गरेका सबैजसो चलचित्रमा नायक नायिकाहरु रहन्छन्,अनि त्यहाँ भिलेनको भुमिकामा एउटा केन्द्रिय पात्र र चलचित्रको कथावस्तु त्यसकै वरिपरि रहेर  झण्डै २ घण्टा सम्म दर्शकलाई मनोरञ्जन प्रदान गर्ने गरि निर्माण गरिएको हुन्छ  ।  अधिंकाश चलचित्रहरु,त्यसमध्येमा पनि थोरै मात्र यस्ता चलचित्रहरु बनेका हुन्छन् जसको कथावस्तु, पात्र र त्यसले दिने सन्देश सदा ताजा अनि जतिपटक हेरेपनि धित नमर्ने खालका हुन्छन् ।

आउनुहोस त्यसै मध्येको एउटा फिल्म जसको कथा, सन्देश र पात्रहरु सदैव जिवन्त छन् जसको बारेमा हामी चर्चा  गरौ  ।

१५ वर्षअघि रिलिज फिल्म ‘तारे जमिन पर’ जसलाई आम दर्शकले निकै नै मन पराएका थिए । सो फिल्मले बिरामीसँग जुधिरहेको एक बालकको भावनात्मक यात्राले जोकोही दर्शकलाई भावुक बनाएको थियो । 

तारे जमीन पर’ फिल्मको कथा एक जना शिक्षक र उनका विद्यार्थीको वरिपरि केन्द्रित थियो । आमिर खान र दर्शिल सफारीले फिल्ममा यति ठूलो काम गरे कि नायक नायिकाको अभाव कुनै पनि हालतमा खड्कन पाएन् ।

फिल्ममा टिस्का चोपडाजस्तो बलियो अभिनेत्री भए पनि उनको भूमिका केन्द्रीय पात्रको रूपमा थिएन ।सन् २००७ मा रिलिज यो फिल्ममा इसान अवस्थी नामको बच्चाको भूमिका दर्शील सफारीले निभाएका थिए । उनको चरित्रलाई दर्शकले धेरै नै माया गरेका थिए ।

त्यही दर्शील यतिबेला पुन फिल्ममा देखापर्ने गरी पर्दामा आउने तयारीमा छन् । दर्शील हाल २० बर्षको भएका छन् ।

उनी हेर्दा जति नै ठुलो देखिएतापनि उनले फिल्ममा गरेको त्यो अभिनयले उनलाई सदा त्यही अवस्थामा आम दर्शकहरुले सकारेका छन्, कथाको पात्रसँगै बलियो कथावस्तुका कारण उनी सोही उमेर अवस्थामा आम रुपमा जुगौ जुगसम्म दर्शकहरुमाझ रहिरहनेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद