Media Network

न्युक्यासलको छलाङ, दोस्रो स्थानमा उक्लियो


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

काठमाडौं । लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युक्यासल युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो ।जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।

विश्वकप पछि समेत न्युक्यासल पुरानै लयमा फर्किएको छ । प्रिमियर लिगमा न्युक्यासलको अपराजित यात्रा छैटौँ खेलमा पुगेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद