Media Network

पब्जीको ग्लोबल च्याम्पियनसिपमा नेपाली डीआरएस टिम दोस्रो


खबरस्टोरी संवाददाता

२५ पुष २०७९,सोमबार

काठमाडौं । इन्डोनेसियामा भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा नेपाली टिम डीआरएस उपविजेता बनेको छ ।  डीआरएस च्याम्पियनसिपको फाइनल चरणमा टर्कीको एसटूजीसँग पराजित भएपछि दोस्रो भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्दा नेपाली टिम डीआरएसले १५८ अंक जोड्यो । च्याम्पियनसिपमा उपविजेता बनेको डीआरएसले दुई लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पायो ।

च्याम्पियनसिपमा सहभागी हुन नेपालबाट दुई टिम इन्डोनेसिया गएका थिए । डीआरएससँगै इन्डोनेसिया गएको अर्को नेपाली टिम टीटूके भने च्याम्पियनसिपको १३औँ स्थानमा रह्यो । टीटूकेले पनि एक लाख ३२ हजार ५०० डलर पुरस्कार प्राप्त ग¥यो । mाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्दा नेपाली टिम डीआरएसले १५८ अंक जोड्यो । च्याम्पियनसिपमा उपविजेता बनेको डीआरएसले दुई लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पायो ।च्याम्पियनसिपमा सहभागी हुन नेपालबाट दुई टिम इन्डोनेसिया गएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद