Media Network

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको सफलता


खबरस्टोरी संवाददाता

३० कार्तिक २०७९,बुधबार

काठमाडौं । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ ।

दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको नतिजा निकालेको हो ।नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए ।

पछिल्लो समय नेपालका गोल स्कोररको रुपमा देखा पर्दै आएका अञ्जनले पाकिस्तान विरुद्ध गरेको गोल नेपालका लागि ११ औं गोल हो ।अञ्जन नेपालका लागि १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र टाढा छन् ।

पाकिस्तानले फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद