Media Network

पल शाहको पेशी स्थगित


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौ । बलात्कारको मुद्दामा थुनामा रहेका नायक पल शाहको आजको लागि पेशी स्थगित भएको छ ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा चौथो नम्बरमा तोकिएको पेशी स्थगितको निवेदन परेको जनाइएको छ ।

जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि पेशी तोकेको थियोे ।पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने आंकलन गरिएको थियो ।

गत ११ फागुनमा नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्विकृत गरिदिएको थियो ।

दुवै जिल्ला अदालतले पेशी तोकिएसँगै उक्त मुद्धामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्धा लड्नेछन वा थुनामा नै रहेर मुद्धा लड्नेछन, त्यसको छिनोफानो आगामी साता हुनेछ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद