Media Network

प्लेइङ ११ मा दीपेन्द्रसिंह ऐरी


खबरस्टोरी संवाददाता

१७ कार्तिक २०८०,शुक्रबार

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ ।चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् ।

पहिलो खेलमा सिंगापुर विरुद्ध प्लेइङ ११ मा रहेका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै खेल गुमाएका थिए ।

दीपेन्द्रको एंकलमा चोट लागेको थियो । उनले यो प्रतियोगिता सबै गुमाउने सम्भावना थियो । तर बिहीबार ओमान विरुद्धको खेलअघि उनी मैदानमा आएका थिए र नेटमा प्राक्टिस पनि गरेका थिए ।

उनको अनुपस्थितिमा अलराउण्डर विवेक यादवले समूह चरणमा तीनवटै खेल खेलेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद