Media Network

प्रो क्लब क्रिकेट च्याम्पियनसिप: आज दुई खेल हुँदै


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौ । जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ। नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल आर्मी क्लब र पर्सा ११ बीच अर्को प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा छ भने समान चार अङ्कका साथ पर्सा ११ दोस्रो स्थानमा छ।अङ्कतालिकामा समान दुईदुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन्। भारतको युपी(११ र भारतकै वान्डर्स क्लब अङ्कविहीन छन्।

नारायणी रङ्गशालाप्रति तीनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेसनलले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन्।

प्रतियोगितामा पर्सा ११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी ११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले राससलाई जानकारी दिए। प्रतियोगिता पुस १४ सम्म सञ्चालन हुनेछ।

रासस

Share:
Reaction :
ताजा समाचार
खेलकुद