Media Network

पोर्चुगललाई हराउदै स्पेन नेसन्स लिगको फाइनल चरणमा


खबरस्टोरी संवाददाता

१३ आश्विन २०७९,बिहीबार

काठमाडौँ । स्पेन पोर्चुगललाई हराउदै युइएफए नेसन्स लिगको फाइनल चरणमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै नेसन्स लिगको फाइनल चरणमा पुगेको हो ।स्पेनको जितमा खेलको ८८औ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि स्पेन समुह ए २ मा ६ खेलमा ११ अंकसहित शिर्ष स्थानमा रहदै फाइनल चरणमा पुगेको हो ।अब सेमिफाइनलमा नेदरल्याण्डस, क्रोसिया, इटाली र स्पेन खेल्ने छन् । पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोसिया अर्को बर्षको जुन १४ मा खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा इटाली र स्पेन अर्को बर्षको जुन १५ मा खेल्ने छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद