Media Network

प्रेम गीत ३’ को प्रमोशन सुरु, असोजमा प्रदर्शन हुने


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौँ। लामो समयदेखि दर्शकहरुले प्रतीक्षा गरिरहेको नेपाली फिल्म ‘प्रेम गीत ३’ को  आधिकारिक रुपमा प्रमोशनको सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले पुरै टिम फिल्मको प्रचार प्रसारमा होमिएको बताएका छन् । ७ असोजमा प्रदर्शन हुने फिल्मको शनिबार गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भव्य ब्यानर राखेर प्रचार सुरु गरेको हो । अब काठमाडौँ सहित नेपालभरका मुख्य शहरमा प्रचार प्रसार हुने निर्माता सेनले जनाए । ‘त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायत हुनेछ’ निर्माता सेनले भने ।

नेपालसँगै भारतमा पनि प्रदर्शन तयारीमा रहेको फिल्मको रिलिज कोरोना महामारीका कारण पटकपटक गर्दै आएको छ ।

यस फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद