Media Network

‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएकाे छ । हिन्दी भाषामा भारतमा प्रसारण हुने कुराले चर्चा पाएकाे यस चलचित्र अब चीनियाँ भाषामा चीनमा पनि  प्रसारण हुने भएकाे हाे।

यसकाे लागि मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच बुधबार पहिलो चरणको बैठक बसेको निर्माण पक्षले बताएको छ। 

उक्त चलचित्रमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारकाे अभिनय रहेकाे छ।

यस फिल्ममा रहेका मुख्य कलाकार प्रदीप खड्काकाे अभिनयसँगै चलचित्रकाे कथावस्तु र हिमाली दृश्यले चीनियाँ दर्शकलाई आकर्षित गर्नसक्ने आँकल गर्दै त्यहाँ रिलिजकाे लागि चीनियाँ चलचित्र पक्षले आग्रह गरेकाे निर्माता सन्तोष सेनकाे भनाई  छ। 

छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते प्रदर्शन गर्ने तयारी छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद