Media Network

‘प्रेमगीत ३’ को हिन्दी भर्सन लिक!


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौ । गत शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी संस्करण लिक भएको छ।

नेपाल र भारत सहित विभिन्न मुलुकमा एक साथ प्रदर्शनमा आएको चलचित्रको हिन्दी संस्करण नेपालमा रिलिज नहुँदै लिक भएको हो।हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ।

यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गीत ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको छ।

भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले भारतमा पहिलो दिन ९२ लाख भारू (झन्डै डेढ करोड) रूपैयाँको व्यापार गर्न सफल भएको जानकारी दिए ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद