Media Network

‘प्रेमगीत ३’ को हिन्दी भर्सन सेन्सरका लागि बोर्डले दियो अनुमति


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौ । चलचित्र विकास बोर्डले हिन्दी भर्सनमा तयार भएको फिल्म ‘प्रेमगीत ३’लाई विदेशी फिल्म सरह सेन्सरका लागि अनुमति दिएको छ ।

फिल्मकोे निर्माणपक्षले सम्पूर्ण कागजात पेश गरेपछि फिल्मलाई हिन्दी सेन्सरका लागि अनुमति दिइएको हो ।चलचित्र विकास बोर्डले नेपालबाट डबिङका लागि अनुमति नै नलिएको, हिन्दी भर्सनमा तयार भएको भन्दै हिन्दी भर्सनको फिल्मलाई नेपाली फिल्म सरह सुविधा दिन नसकिने अडान लिदै आएको थियो । 

बोर्डका अध्यक्ष केसीले अडान नछाडेपछि अन्तत् फिल्मका वितरक र निर्माताले १५ प्रतिशत विकास शुल्क तिरेका छन् । साथै, भारतबाट नेपाल फिल्म ल्याउँदा तिर्नुपर्ने २० हजार भन्सार शुल्क पनि वितरकले तिरेका छन् ।

अब आगामी दिनमा हिन्दी भाषामा डब हुने नेपाली फिल्म पनि विदेशी फिल्म सरह नेपालमा रिलिज गर्नुपर्ने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद