Media Network

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२८ आश्विन २०७९,शुक्रबार

काठमाडौं।लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक भएको छ । अजय पोखरेलको शब्द, इन्द्र दाहालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज र कुमार रानाको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ’, सङ्गीतकार दाहालले भने ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद