Media Network

प्रमोद खरेलले ल्याएको अर्को बेजोड गीत ‘जसको दिलमा’ को भिडियो हेर्नुहोस्


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

काठमाडौँ।लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘जसको दिलमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित छ । सुनिल बिसीको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ ।

जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ । निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ भने प्रकाश खड्काको छायांकन रहेको छ । 

सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो । 


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद