Media Network

प्रिमियर लिगः आर्सनलको लगातार तेस्रो जित


खबरस्टोरी संवाददाता

५ भाद्र २०७९,आईतवार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिवार राती भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई पराजित गरेको छ । बर्नेमाउथलाई ३–० ले पराजित गर्दै आर्सनलले लगातार तेस्रो जित निकालेको हो । 

आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई तथा विलियम सालिबाले एक गोल गरे । 

जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंकसहित टोटनहम दोस्रो स्थानमा छ ।

यस्तै, शनिवार रातीकै अन्य खेलहरुमा साउथ ह्यामटनले लिसेस्टरलाई २–१ ले पराजित गर्दा फुलह्यामले ब्रेन्टफोर्डलाई ३–२ ले पराजित गरेको छ । 

यसैगरी, रातीकै खेलमा क्रिष्टल प्यालेसले एस्टनभिल्लालाई ३–१ तथा टोटनह्यामले उल्भ्सलाई १–० ले पराजित गर्दा इभरटोन र टोटेनफरेष्टले १–१ गोलको बराबरी खेलेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद