Media Network

प्रिमियर लिगः बर्नमाउथमाथि लिभरपुलको गोल वर्षा


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटवलको शनिवार राती भएको खेलमा बर्नमाउथमाथि लिभरपुलले गोलको वर्षा गराएको छ । निकै नै दबाबमा पारेको लिभरपुलले ९–० को विशाल अन्तरले बर्नमाउथलाई पराजित गर्यो । 

लिभरपुलको जितमा डियाज र फिर्मिन्होले २–२ तथा इलियोट, आर्नोल्ड, डाइक र कार्भाल्होले १–१ गोल गरे । बर्नमाउथले एक गोल आत्मघाती गरेको थियो । 

प्रिमियर लिगको जारी सिजनमा लिभरपुलले पहिलो जित हासिल गर्दै आठौं स्थानमा उक्लिएको छ । यसअघि २ पटक बराबरी खेलेको लिभरपुलले ४ खेलबाट ५ अंक जोडेको छ । विशाल गोल अन्तरले पराजित बर्नमाउथ १६ औँ स्थानमा छ ।

शनिवार राती सात खेल भएका थिए । अन्य खेलहरूमा आर्सनल, म्यान्चेष्टर सिटी, चेल्सी, ब्राइटन, र म्यानचेस्टर युनाइटेड विजयी भएका हुँदा ब्रेन्टफोर्ड र इभरटोनबीचको खेल भने एक एक गोलको बराबरीमा टुंगिएको थियो । १२ अंक जोडेको आर्सनल लिगको शीर्ष स्थानमा रहेको छ भने म्यान्चेष्टर सिटी १० अंकका साथ दोस्रो स्थानमा छ । पछाडि रहेको ब्राइटन भने शनिवार रातीको जितसहित १० अंक जोड्दै सिटीलाई पछ्याएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद