Media Network

प्रिमियर लिगः लिभरपुल–क्रिष्टल प्यालेस बराबरी


खबरस्टोरी संवाददाता

३१ श्रावण २०७९,मंगलवार

काठमाडौँ ।  इंग्लिस प्रिमियर लिग फुटबलको सोमवार राती लिभरपुल र क्रिस्टल प्यालेसबीच भएको खेल बराबरीमा रोकिएको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा क्रिस्टलसँग १–१ को बराबरी खेल्दै लिभरपुल लगातार दोस्रो हारबाट जोगिएको छ । ३२औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए।

दोस्रो हाफको सुरुमै १० खेलाडीमा सीमित लिभरपुलका लागि लुइस डियाजले ६१औँ मिनेटमा एक गोल फर्काएर बराबरीमा पु¥याएका थिए।

लिभरपुलको यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा लिभरपुल फुलहमसँग पनि लिभरपुल बराबरीमा रोकिएको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद