Media Network

प्रिमियर लिगः लिड्ससँग चेल्सी पराजित, म्यान्चेष्टर सिटी र न्यूकासल बराबरी


खबरस्टोरी संवाददाता

६ भाद्र २०७९,सोमबार

काठमाडौं । इंगलिस प्रिमियर लिगको आइतबार राती भएको खेलमा लिड्स युनाइटेडसँग चेल्सी पराजित भएको छ । चेल्सी लिड्ससँग ३–० ले पराजित भएको हो । 

लिड्सलाई जिताउन ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक/एक गोल गरे ।

खेलको ८४औँ मिनेटमा कालिडोउ कोलिबालीले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै ३ खेलमा ७ अङ्क जोडेको लिड्स अङ्क तालिकाको तेस्रो स्थानमा छ । चेल्सी भने १२औँ स्थानमा छ । त्यसैगरी अर्को खेलमा ब्राइटनले वेष्टह्यामलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै, आइतबार रातीकै खेलमा ब्राइटोनले वेष्टहामलाई २–० ले पराजित गर्दा म्यान्चेष्टर सिटी र न्यूकासलबीचको खेल ३–३ गोलको बराबरीमा रोकिएको छ । 

खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता बनाएको थियो । म्यान्चेष्टरका लागि इल्के गुन्डोगनले खेलको ५औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । न्युकासलका मिगुएल अल्मिरोनले खेलको २८औँ मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरी गरे ।

न्युकासलका कलुम विल्सनले खेलको ३९औँ मिनेटमा र खेलको ५४औँ मिनेटमा केइरन ट्रिपियरले गोल गर्दै न्युकासललाई ३–१ को अग्रता दिलाए । म्यानचेस्टर सिटीका लागि खेलको ६४औँ मिनेटमा अर्लिङ हालाण्डले र ६४औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरी बराबरीमा रोके । 

बराबरीसँगै ३ खेलमा ७ अङ्क जोडेको सिटी दोस्रो स्थानमा छ भने न्युकासल ५ अङ्क जोडेर छैटौँ स्थानमा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद