Media Network

प्रतिस्पर्धी फिल्मलाई शुभकामना दिन प्रिमियरमा मल्ल-सृष्टि


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । प्रतिस्पर्धी फिल्मलाई शुभकामना दिन प्रिमियरमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पुगेका छन्। शुक्रबार संगै रिलिज हुने 'प्रकाश'लाई शुभकामना दिन पुगेका हुन् ।

एकले अर्कालाई सघाउने सहिष्णुता नेपाली फिल्म क्षेत्रमा कमै भएको देखिन्छ । त्यसमा पनि एउटै मितिमा फिल्म जुध्ने भएपछि बक्स अफिस प्रतिस्पर्धा चर्को हुन्छ ।

शुक्रबार बक्स अफिसमा दुई फिल्म राधा र प्रकाश भिड्दैछन् । ‘प्रकाश’लाई शुभकामना दिन ‘राधा’ निर्माता तथा अभिनेता सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता दिव्यदेव प्रिमियरमा पुगेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद