Media Network

प्रधानमन्त्री कप: एपीएफको लगातार पाँचौँ जित


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ ।आज बुधवार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हरायो । एपीएफले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायो । एपीएफका लागि राजमती ऐरीले ६७ र ममता चौधरीले ६२ रन बनाइन् । बलिङतर्फ कर्णालीकी तृसना विश्वकर्माले १ विकेट लिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद