Media Network

प्रधानमन्त्री कप महिला क्रिकेट: फाइनल प्रवेशका लागि एपीएफ र कोशी भिड्दै


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौं  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर आज हुने भएको छ। कीर्तिपुर मैदानमा आज बिहान साढे ९ बजे हुने खेलमा अपराजित टोली एपीएफले कोशी प्रदेशसँग खेल्नेछ। 

कोशी ७ खेलमा ६ खेलमा अपराजित रहँदै १२ अंकसहित दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको हो। समूह चरणको खेलमा कोशी एपीएफसँग पराजित भएको थियो। एपीएफ ७ खेलसम्म अपराजित छ। आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले बागमती र सुदूरपश्चिमको विजेतासँँग दोस्रो क्वालिफायर खेल्नेछ। 

आजै हुने एलिमिनेटरमा सुदूरपश्चिम र बागमती आमनेसामने हुनेछन्। यी दुईको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा हुनेछ।  सातै प्रदेश र एक विभागीय टोली एपीएफ सहभागी प्रतियोगिताको फाइनल खेल बुधबार हुने छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद