Media Network

प्रधानमन्त्री कप महिला टी २० आजदेखि, पहिलो दिन ४ खेल हुदैं


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

काठमाडौ । प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिता आज (बिहीबार) सुरु हुँदै छ। प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदै छन्। जसअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा दुईरदुई खेल हुनेछन्। 

त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्नेछन्। सो खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सोही समयमा मूलपानी मैदानमा एपीएफ र सुदूरपश्चिम प्रदेश खेल्नेछन्। यस्तै दोस्रो खेलमा त्रिवि मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा मूलपानीमा कर्णाली प्रदेश र कोशी प्रदेश आमनेसामने हुनेछन्। 

पीएम कपका लागि सहभागी आठै टोलीले टिम घोषणा गरिसकेका छन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद